Sajhamanch Archive

खानेपानीको पाइप दृष्टिविहीनको कोठा भित्र खनियो

Published: (Updated: ) in विविधा by .

भरतपुर । चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरूको चर्तिकला र कर्तुत एकपछि अर्को सञ्चार माध्यममा पर्दाफास भइरहेको छ ।

केही दिनअघि मात्र भरतपुरको वडा नम्बर १८ का अध्यक्ष दीपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायाधीश बनेर स्थानीयस्तरमा केश ढिसमिस गराएका थिए ।

अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रियस्तरमा बेइज्जत बनाएको छ । वडा नम्बर २१ मा एक घरको भित्रबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरकी एक ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएसँगै भरतपुर महानगरफेरि एक पटक राष्ट्रिय चर्चामा आएको छ ।

घरको दायाँ–बायाँ पर्याप्त मात्रमा खाली जग्गा रहे पनि दृष्टिविहीन बृद्धा सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको हो ।

वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको उक्त समितिले पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउने काम गर्दा सो घरमा दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेका उनका ५२ वर्षीय छोरा पदमराज अधिकारी बस्दै आएको थाहा पाएर समितिले उक्त घर फोरर पाईप बिच्छ्याएको जानकारहरू बताइएको छ ।

खानेपानीको पाइप बिछ्याउने बेलामा घरको गाह्रो नै भत्काइएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।

खानेपानीको पाइपलाइन विस्तारको क्रममा बृद्धाको घरलाई छलेर खन्न पर्ने अवस्था बिधमान रहदा रहदै समितीले पेलेर घर भत्काएको स्थानीय तथा अधिवक्ता नारायण गिरीले बताए ।

गिरीले सामाजिक सञ्जालबाट वडाध्यक्ष नेतृत्वको उक्त हर्कतको कडा आलोचना गरेपछि अहिले यो विषयले स्थानीय एवं राष्ट्रियस्तरका सञ्चरमाध्यममा भाईरल बनेको छ ।

वडा नम्बर २१ का वडाध्यक्ष अधिकारीले आफूबाट गल्ती भएको भन्दै गल्ती सच्याउने प्रतिक्रिया दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *