Sajhamanch Archive

सीमामा भारतीयको दादागिरी निरन्तर, प्रहरीमाथि आक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

सीमामा खटिएका दुई प्रहरीमाथि भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो ।

सशस्त्र प्रहरीलाई घिसार्दै तस्कर समूहले भारतीय भूमितिर छिराएको अवस्थामा नेपाली नागरिकले प्रहरीलाई बचाएको स्थानीयले बताएका हुन् ।

भारतीय तस्करले एकजना सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भूमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले ‘बचाउ बचाउ’ भन्दै गुहार मागेपछि स्थानीयले उद्दार गरेका हुन् ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको भनेर फोन आएपछि अफूहरु तत्काल पुगेको र ठूलो दुर्घटना हुन नपाएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *