Sajhamanch Archive

बाल सुलभ मस्तिष्कमा बजेट र टुकी बत्ती

Published: (Updated: ) in विचार/ब्लग, समाज, by .

टुकी बत्तीलाई सलेदो र मट्टीतेलको व्यवस्था गर्नु र प्रकाशको लागी मुख्य श्रोतको रूपमा लिने सायद कुनै बेलाको समय याद गर्ने सायदै धेरै हुनुहुन्छ होला। मलाई स्मरण भएको एउटा भोगाई झल्झली सम्झना आएकोले यहाँ लेख्दै छु ।

प्रत्येक वर्ष देशको अर्थ व्यवस्थालाई उन्नत बनाउन तत्कालिन प्रतिनिधिसभामा अर्थमन्त्रीले २ देखि ४ घण्टा सम्मको आय- व्यय विवरण प्रस्तुत गरेको सुन्न गाउँभरिका शिक्षक, राजिनितीकर्मी, सरकारी कर्मचारीको जमघट गरेर ठुलो आवाजमा पुरानो फिलिप्स रेडियो आँगनमा राखेर यस्तो हुने भयो, यो राम्रो भयो भनेर कोहि- कोहि थप्पडी बजाउने, कोहि चित्त दुखाउने अलि अलि याद छ सायद बालसुलभ मस्तिष्कले यसरी अर्थमन्त्रीले बोलेको सुन्दा ठुलै मानिस हुनेहोला भन्ने सोचेर होला म पनि कक्षा ८ मा अध्ययन गर्दैगर्दा बजेट भाषण सुन्दा गर्व अनुभूत गर्दै अरुले थप्पडी बजाउदा संगैसंगै बजाउने गर्थे अब गाँउ गाँउमा बिजुली आउने भयो, कुलो, पैनी, बाटाघाटा बन्ने भए, सरकारी स्कूलमा नि:शुल्क गुणस्तरीय शिक्षा सबैले पाउने भए भनेर गाँउमा उपस्थित गन्यमान्य समूहले भन्दा मेरो बालसुलभ मस्तिष्कले बिजुलीबत्ती बालेर पढ्न पाउने परिकल्पना गरेर बुझी नबुझी बुरुक बुरुक उफ्रेको ताजा स्मरण छ अझै !

 कक्षा ८ मा सुनेको कुरा पूर्णहुने कुरामा विश्वस्त नै थिए नभन्दै ९ कक्षाको पढाइ शुरु हुने समयमा बाटाहरु फराकिला हुन थाले, बिजुली प्रवाह हुने तार विनाका बिजुली बाल्न चाहिने पूर्वाधारको रुपमै सहि तार कुदाउन आवश्यक काठका खम्बाहरु उभिन थाले अलि अलि आश पलायो अबको अर्ध वार्षिक परीक्षामा बिजुली बत्ती बालेर पढ्न पाइने भयो। गाउँले सबैले घरमा बिजुलीबत्ती बाल्न आवश्यक पूर्वाधार आफ्नो आफ्नो क्षमता अनुसार निर्माण पनि गरे,यस्तै गरि आश गर्दा गर्दै एस एल सी को समय नजिकिदै गर्दा पुराना काठका खम्बालाई पुनस् कुनै सुधार नगरी तारहरु तन्द्रंगा पारेको देख्दा अब एस एल सीको परीक्षा सम्ममा टुकी बत्तीलाई फेरी सलेदो र मट्टीतेलको व्यवस्था गर्नु नपर्ला भन्ने ठुलै आश तर विडम्बनानै भन्नु पर्छ प्रमाण पत्र प्रथम वर्षको मध्यमा पुग्दा बल्ल गाँउमा बिजुली बत्तिको उज्यालोमा बस्न सक्षम भईयो धन्य प्रभु उज्यालो भयो भनेर खुसि हुदै एभ्रीडे ब्याट्रीबाट चल्ने पुरानो रेडियोलाई बिजुलीबाट चल्ने बनाउदा साँझपख बिजुली खोलामै निदाउथिन होला सायद। घरमा अग्रजहरुले बीबीसी समाचार सुन्न नपाएर र कुनै बेला यसरी नै बजेट भाषण सुन्न नपाउदा निक्कै खप्की खानुपरेको !  त्यो समयको बजेटको समिक्षा गर्न नजाने पनि अहिले हेर्दै जाँदा कुल बजेटको ५०% हाराहारी विकास खर्च र सोहि अनुपातमा साधारण खर्च हुदा पनि मेची राजमार्ग (झापा- ताप्लेजुंग) २०४६ देखि शुरु भएर २०७० सालमा पुरा भएको ताजै छ ।

खाद्यान्न आयात लगभग शुन्य रहेको तात्कालीन अवस्थामा व्यापारघाटको खाडल पनि यस्तो थिएन तर पनि विकाश निर्माण गर्न यातायातको सुलभ स्थानमा पनि न्युनतम बिजुली उपभोग हुने समयमा पनि ग्रामिण बिजुली बिस्तारको लागि पुर्वाधार निर्माण सुरु गरेको ४ वर्ष टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था हामी संगै छ। सायद मेरै समयको जस्तो अहिलेको बालसुलभ मस्तिष्कलाई अब नपर्ला किनकि देशमा ७ प्रदेश ७४३ स्थानीय निकाय र केन्द्रिय सरकारले ल्याउने विकासको लहरले देश आगामी आधा दशकमै देशको मुहार सर्लक्कै अर्कै हुने कल्पना सबै नेपालीहरुले गरेको हुनुपर्छ ।

तर के गर्ने अवस्था पुनस् मेरै कक्षा ८ नै हुने हो कि जस्तै  लाग्न थाल्यो यहाँ । अहिले कुल बजेटको ९०% हाराहारी साधारण खर्च १०% विकास खर्च अनि साधारण खर्च पुरा गर्न ७५१ वटै सरकारले ल्याएको बजेटमा कि अनुदान कि ऋण, अब विकास खर्च कहाँबाट लिएर पुरा गर्ने । ५०% कै हाराहारीमा विकास खर्च हुँदा हाम्रो गाउ घरमा मुस्किलले ३ देखि ५ वटा बिजुली बत्तीका बल्ब बाल्न ४ वर्ष कुर्नु परेको त्यसकारण यहि टुकी बत्तीको प्रकाशनै हाम्रो प्राण थियो। यसकारण विकास कार्यहरुलाई चुनाबको समयको गफ र परिभाषा परिवर्तन गरेर तथ्यांकमा विकास निर्माण गर्ने हो भने अब आउने बालसुलभ मस्तिस्क हाम्रो पुस्ता जस्तो आशावादी भन्दा बढी घृणावादी हुन सक्छ बेलैमा सबैको चेत खुलोस। शुभकामना !!!!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *