Sajhamanch Archive

लैङ्गिकमैत्री वजेटको आह्वान, जिससले समन्वय गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by .

बिर्तामोड । स्थानीय सरकारले निर्माण गर्ने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ ।

उक्त कार्यका लागि आवश्यक समन्वय र सहयोग पुर्याउन झापाका राजनीतिक दलका महिला नेतृहरुले जिल्ला समन्वय समिति झापाको ध्यानाकर्षण गराएका हुन् ।

वुधवार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई संवाद समूह झापाको महिला टिम संवाद महिला समूहले अनुरोध पत्र वुझाउँदै उक्त विषयमा ध्यानाकर्षण गराएको छ ।

अनुरोध पत्रमा झापाका सवै पालिकाले वनाउने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राख्दै सोको कार्यान्वयनका लागि जिल्ला समन्वय समिति झापालाई समन्वय र सहयोग गर्न भनिएको छ ।

त्यस्तै संविधानले निर्दिष्ट गरेका विषयमा सामाजिक न्यायको अनुभूति गराउन लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

अनुरोध पत्र हस्तान्तरण पछिको छलफलमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले लैङ्गिकमैत्री वजेट निर्माण गर्न झापाका गाउँपालिका र नगरपालिकालाई पहल गर्ने वताए । उनले वजेट जसका लागि छुट्याउने हो, त्यससंग सम्वन्धित सूचक तयारी गरेर वजेट वनाउनु पर्नेमा जोड दिए । उनले झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी त्यस्ता महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर यहि आर्थिक वर्षवाट शुरु गर्ने वताए ।

त्यस्तै उपप्रमुख मीना पराजुलीले लैङ्गिकमैत्री वजेट निर्माण गर्न गाउँपालिका र नगरपालिकालाई खवरदारी गर्ने वताइन् । उनले जुन शिर्षकमा वजेट छुट्टिएको हो त्यहि शिर्षकमा वजेट कार्यान्वयन भए नभएको अनुगमन गर्ने वताइन् । शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याएको वताइन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेल र उपप्रमुख पराजुलीले संवाद समूह झापाको महिला टिमले वुझाएको अनुरोध पत्र झापाका गाउँपालिका र नगरपालिकालाई तत्काल पठाइने प्रतिवद्धता जनाए ।
वुधवार भएको छलफलले तीन वुँदे निष्कर्ष निकालेको छ ।

स्थानीय सरकारहरुले जारी गर्ने र गरेका नीति तथा कार्यक्रमहरुलाई लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राखी सफल कार्यान्वयन गराउन जिल्ला समन्वय समिति समेतले समन्वय र पहल गर्ने ।
लक्षित वर्गको वजेट कार्यान्वयनका लागि जिल्ला समन्वय समिति , स्थानीय सरकार ,संवाद समूहको समन्वयमा थप कार्यक्रम गर्ने ।

झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी त्यस्ता महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर यहि आर्थिक वर्षवाट शुरु गर्ने, त्यसका लागि वजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्य पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा संवाद महिला समूहकी सदस्य तथा राप्रपाकी शारदा रिजालले जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेललाई र संवाद महिला समूहकी सदस्य तथा समाजवादी पार्टीकी संगिता रौनियारले जिल्ला समन्वय समिति झापाकी उपप्रमुख पराजुलीलाई अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।

संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी पार्वता खरेल विमलीले अनुरोध पत्र वाचन गरेको कार्यक्रमको औचित्यमाथी नेकपाकी नेतृ लक्ष्मी न्यौपाने सरुले प्रकाश पारेकी थिइन् । संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी उर्मिला पोखरेलले समापन गरेको कार्यक्रमको सञ्चालन संवाद महिला समूहकी सदस्य तथा महिला अधिकारकर्मी कविता शर्माले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *