Sajhamanch Archive

क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि सामुहिक विदाई

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य, by .

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १९ जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी बुधबार सामुुहिक रुपमा विदाई गरिएको छ ।

भारतको विभिन्न शहरबाट आफ्नो घर आएका नागरिकहरुलाई गाउँपालिकाले निर्माण गरेकोे क्वरेन्टाइनमा राखिएको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कोभिड १९ को संक्रमबाट कसरी जोगाउन सकिन्छ भन्ने उद्धेश्यले हामीले तपाईहरुलाई क्वारेन्टाईन राखेका हौ । स्वस्थ्य परिक्षण गर्दा तपाईहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ आगामी दिन पनि तपाईहरु स्वस्थ्य रहनुहोस् भन्ने शुभकामना दिँदैै विदाई गरेकी थिइन् ।

विदाई कार्यक्रममा उपाध्यक्ष बेनु शिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

भारतका विभिन्न शहरबाट नेपाल आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका मध्ये एक जना पुरुषलाई पिसिआर रिपार्ट पोजेटिभ आएपनि उनी स्वस्थ्य भएर घर फर्कि सकेकोे कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *