Sajhamanch Archive

कोरोनाको लक्षण फेरियो, बेइजिङ्गका नयाँ संक्रमितलाई पेट र हड्डी दुख्ने समस्या

Published: in विश्व समाचार, स्वास्थ्य by .

विराटनगर  । केही हदसम्म नियन्त्रणमा आएको कोरोनाको संक्रमण चीनमा फेरि देखा पर्न थालेको छ ।

तर, यसपटक बेइजिङमा भेटिएका कोरोना संक्रमितमा पहिलेको भन्दा फरक लक्षण देखिएको विशेषज्ञले जानकारी दिएका छन् ।

डाक्टरका अनुसार बिरामीलाई पेट र हड्डी दुख्ने समस्याहरू देखिएका छन् । भिन्न ठाँउमा बस्ने र उनीहरूको रहन–सहनको तरिका र शरीरको बनावटको आधारमा पनि मानिसहरूमा भिन्न प्रकारको लक्षण देखिएको विशेषज्ञहरूले बताएका छन् ।

मे महिनामा नै डाक्टरले बिरामीको परीक्षण गरेका बेला फरक प्रकारको लक्षणहरू देखेको बताइएको छ । बेइजिङमा कोरोनाका नयाँ बिरामीहरू थपिएका कारणले चीनमा पुनः महामारी फैलन सक्ने आशंका गरिएको छ ।

११ जुनपछि बेइजिङमा कोरोनाका एक सय ३७ नयाँ संक्रमित थपिएका छन् । कोरोना पोजेटिभ देखिएका नयाँ संक्रमितमा युवाहरू ३० देखि ३९ वर्ष बीचको संख्यामा धेरै रहेको र उनीहरूमा न्यून लक्षण देखिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *