Sajhamanch Archive

कार्यकर्ताको गुनासो सुन्न पेरिसडाँडामा प्रधानमन्त्री

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । कार्यकर्तासँग नियमित भेटवार्ता गर्ने र गुनासा सुन्ने कार्यक्रम अन्तगर्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेरिसडाँडामा कार्यकर्तासँग भेटघाट गर्दै हुुनुहुन्छ ।

प्रधानमन्त्रीको कार्यकर्तासँगको यो दोश्रो भेटवार्ता हो । यसअघि उहाँले धुम्बाराहीमा कार्यकर्ताको गुनासो सुन्नुभएको थियो ।
कार्यकर्ताको गुनासो र समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

विहान ११ बजे पेरिसडाँडामा पुगेर त्यहाँ उपस्थित कार्यकर्ताहरुको गुनासो सुन्ने कार्यक्रम रहेको अधिकारीले बताएका छन् । पेरिसडाँडा र धुम्बाराहीलाई एकतापछि नेकपाले केन्द्रिय कार्यालय बनाएको छ । प्रधानमन्त्रीले कार्यकर्ताको गुनासो सुन्न हरेक महिनाको १ गते धुम्वाराही र १५ गते पेरिसडाँडामा कार्यकर्ता भेटघाट गर्ने बताईएको छ ।