Sajhamanch Archive

इलाममा देवर–भाउजु एउटै रुखमा झण्डिएको अवस्थामा फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

इलाम । इलाममा देवर र भाउजूसँगै झुन्डिएर आत्महत्या गरेका छन् । माङसेबुङ गाउँपालिका- ६ स्थित मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ बर्षीया गीता राई झुन्डिएर आत्महत्या गरेको इलाम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान घरमा कसैलाई केही नभनी हिँडेका देवर र भाउजू बेलुका सम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी गराउँदै खोजी सुरु गरेका थिए ।

खोजी गर्ने क्रममा शुक्रवार बिहान घर देखी करिब सात सय मिटर टाँडा दारजातको रुखको एउटै हाँगामा प्लास्टिकको डोरीको पासो लगाई उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

स्रोत : टाइम्स अफ प्रदेश

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *