Sajhamanch Archive

दबंगका निर्देशकको आरोपपछि सलमान खानको परिवारद्वारा मानहानीको मुद्दा दर्ता

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

सुशान्त सिंहको मृत्युपछि बलिउडमा आरोप–प्रत्यारोप चलि नै रहेको छ । गत हप्ता अनुराग कश्यपका भाइ अभिनवले सलमान खान र उनका भाइलगायत पूरा परिवारले उनको करियर बर्बाद गरेको आरोप लगाएका थिए । अब अरबाज खान र सोहेले खानले उनलाई कानूनी उपचारमार्फत् जवाफ फर्काएका छन् । उनीहरुले अभिनव सिंह कश्यपविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन् ।

बलिउड हंगामासँगको कुराकानीमा अरबाजले यसबारे कुरा गरेका छन् । अरबाजका अनुसार अभिनवले फिल्मबाट हटाइएको र खान दाजुभाइसँग मतभेदको विषयमा पोस्ट गरेलगत्तै आफूले कानूनी कारवाही गर्न चाहेका थिए ।

अरबाजका अनुसार दबंग टुमा काम सुरु गरेपछि उनको अभिनवसँग कुनै प्रकारको कुरा भएको छैन । यस्ता कुराहरु कहाँबाट आइरहेका छन् मलाई थाहा छैन तर पहिले पनि हामीले उनीविरुद्ध मानहानीको मुद्दा दर्ता गर्नेबारे सोचेका थियौं ।’

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *