Sajhamanch Archive

तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

Published: in प्रदेश तह by .

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।

तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् ।

जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।

तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ मा ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् ।

प्रहरी अधिकारीका अनुसार प्रदेश १ मा ७ बर्षीया बालिकादेखि ६२ वर्षीया महिलामाथि बलात्कारका घटना भएका छन् ।

पीडित मध्ये सबैभन्दा बढी किशोरी छन् । यो संख्या कुल घटनाको एक चौथाई हो ।

प्रदेशमा १ वर्षको अवधिमा जवरजस्ती करणी उद्योगका १ सय ८७ वटा घटना भएका छन् ।

-इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *