Sajhamanch Archive

छोरी बलात्कार गरेको आरोपमा बुुवा पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

पाल्पा । पाल्पामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। ३१ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

उनलाई शुक्रबार पक्राउ गरिएको हो। आइतबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए। अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।

घटनाबारे कसैलाई भने मार्ने धम्की दिंदै आएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। अभियुक्त बुवालाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *