Sajhamanch Archive

चीनको दावी: गलवान हाम्रोतर्फको भूमि हो, भारतीय सेनाले सीमा नाघ्यो

Published: in विश्व समाचार by .

काठमाडौं । केहि दिनअघि २० भारतीय सेनाको ज्यान जाने गरी भएको भारत–चीन भिडन्तस्थल लद्दाखको गलवान उपत्यकालाई लिएर चीनले नयाँ दावी अगाडि सारेको छ ।

चीनले गलवान उपत्यका आफ्नो भू–भागभित्र पर्ने दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रवार साँझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान उपत्यका ९घाँटी० वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो । लद्दाखको गलवानमा तत्कालका लागि थप झडपको अवस्था मत्थर भएसँगै चीनले यस्तो धारणा सार्वजनिक गरेको हो ।

प्रेस नोटमा दुवै देशका कमाण्डरस्तरको दोस्रो वैठक चाँडै बोलाउने तयारी भएको उल्लेख गरिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले १५ जुनमा पूर्वी लद्दाखमा भएको झड्पको जिम्मेवार भारतको भएको आरोप लगाएका छन् ।

उनले गलवान घाँटी वास्तविक नियन्त्रण रेखाको चीनको भू–भागमा पर्ने दावी समेत गरे । प्रवक्ता लिजियानले उक्त क्षेत्रमा कैयौं वर्षदेखि चिनियाँ सुरक्षा गार्डले गस्ती गरिरहेको र आफ्नो जिम्मेवारी निभाइरहेको बताएका छन् ।

उनले १५ जुनको राति भारतीय जवान कमाण्डर तहको वार्तामा भएको सहमतिलाई उल्लंघन गर्दै चीनको सीमा क्षेत्रमा प्रवेश गरेको आरोप लगाएका छन् । उनले चिनियाँ सैनिक अधिकारी छलफल गर्न पुगेका बेला भारतीय सेनाका जवानले हिंस्रक हमला गरेको आरोप लगाएका छन् । लिजियानले दुवै सेनाबीच त्यसपछि झड्प भएको र नोक्सान पुगेको बताएका छन् ।

प्रेस नोटमा भारतीय जवनाहरु सीमा क्षेत्रमा चीनलाई कम आंकलन गर्दै एडवेंचर्स एक्ट गरेको, चिनियाँ सेनाको ज्यानलाई खतरामा पारेको र दुवै देशबीचको सीमा सम्झौताको उल्लंघन गरेको र जो दुवै देशबीचको अन्तर्राष्ट्रिय सम्बन्धको उल्लंघन भएको उल्लेख गरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले गत अप्रैलबाट नै एसएसीको नजिक गलवान घाँटीमा लगातार सड्क, पुल निर्माण र अन्य गतिविधि गरिरहेको आरोप समेत लगाएको छ । चीनले भारत सरकारसँग यसको विरोध गरिरहेको भए पनि त्यसका बावजुद भारतीय सेना पटक–पटक सीमा पार गरेर चीनलाई भड्काउने काम गरिरहेको दावी गरेको छ ।

चीनले दुवै पक्ष राजनीतिक र सैन्य तहबाट तनावलाई कम गर्न संवादमा लागेको जनाएको छ । यो समस्या समाधानका लागी कमाण्डरस्तरको दोस्रो वैठक चाँडै हुनुपर्नेमा चीनले जोड दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *