Sajhamanch Archive

राजनीतिक नेतृत्वले आर्थिक नियम कानून भित्र बस्नुपर्छ : प्रधानमन्त्री ओली

Published: in अर्थतन्त्र, मुख्य समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने सुझाएका छन् ।

महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिएका हुन् ।

राजनीतिले देशलाई बाटो देखाउनु पर्ने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको टिप्पणी छ ।

“के कारणले बेरुजु भएको हो ?” प्रधानमन्त्रीले सोधेका छन्, “जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो, त्यसमा संलग्नलाई कानूनी कारबाही गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने पनि दृढता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार कार्यक्रममा प्रधानमन्त्रीले भनेका छन्, ‘बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने काम भइरहेको छ । नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन, तर हामीमा मौलाएको महत्वाकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तानेको छ, यो क्रमलाई अब यहीँ बिराम लगाउनु पर्दछ ।”

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४/०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *