Sajhamanch Archive

बराबरीमा रोकियो बार्सिलोना, उपाधि होड खुला

Published: in खेलकुद by .

एजेन्सी । साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।

तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ ।

शुक्रबार भएको उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको सेभियाले बार्सिलोनाको आक्रमणलाई फितलो बनाएको थियो । कप्तान लियोनेल मेस्सीको फ्रिकिक बारमा ठोक्किनु बाहेक बार्सिलोनाले खेलमा सेभियाको रक्षापंक्ति तोड्दै खासै अवसर सृजना गर्न सकेन ।

खेलको अन्तिम मिनेटमा लुइस सुवारेजको सुवारेजको प्रहार पनि खेर गरेको थियो । सेभियाका लुकास ओकाम्पोसको प्रहार पोष्टमा लागेको थियो भने मुनिर एल हडिडीको प्रहारलाई बार्साका गोलकिपर टेर स्टेगनले विफल पारेका थिए ।

३० खेलपछि बार्सिलोनाको ६५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको सेभियाको ५२ अंक रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *