Sajhamanch Archive

थप ३३१ जनामा कोरोना, सङक्रमितको संख्या ८६०५ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १७६ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।अहिलेसम्म कुल ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *