Sajhamanch Archive

सहिमा र बिक्रमको “मोयाले”मा आकाश र आरुषीको रोमान्स (भिडियो सहित)

Published: in गीत/संगीत/मनोरञ्जन, भिडियो by .

काठमाडौँ । गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को राम्रा गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल गायिका सहिमा श्रेष्ठ र गायक बिक्रम रानाले फरक शैलीको गीत “मोयाले” सांगीतिक बजारमा पस्किएका हुन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको सो गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । म्यूजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने शिब बिकले निर्देशन गरेका छन् ।

सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोसः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *