Sajhamanch Archive

आज वर्षकै लामो दिन

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । आज २१ जुन अर्थात वर्षकै लामो दिन। आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ।

नेपाललगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ। नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ। यसपालि आजको दिन लामो हुने भएको हो। भोलिदेखि दिन छोटो र रात लामो हुँदै जानेछ।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *