Sajhamanch Archive

मेचीनगरका पाँचै जना कोरोना संक्रमित भारतबाट आएका

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । आइतबार मेचीनगरमा थपिएका कोरोना संक्रमित २ जनासहित पाँचै जना भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए ।

मेचीनगरमा आइतबार थपिएका पाँचौँ कोरोना संक्रमित ३० वर्षीय पुरुष पनि भारतको मुम्बईबाट गत जेठ ३० गते नै मेचीपुल आइपुगेका थिए ।

मेचीपुल आइपुगेका उनलाई पनि स्थानीय जनप्रतिनिधिले एम्बुलेन्समा हालेर सिधै मेचीनगर–५ को बालकल्याण माविको क्वारेन्टिनमा लगेका थिए ।

मेचीनगरपालिकाको स्वास्थ्य टोलीले उनको असार ३ गते पीसीआर टेष्ट गरेको थियो । मेचीनगर–६ को होम क्वारेन्टाइनमा बसेका चौँथो संक्रमितको पनि सोहि दिन पीसीआर टेष्ट गरिएको थियो ।

उनीहरुलाई आइतबार दिउसो नै मोरङ स्थित गोठगाँउको कोभिड अस्पताल पठाइएको छ । मेचीनगरका पाँचै जना संक्रमित भारतको युपी, चेन्नई, मुम्बई र दिल्लीबाट आएका थिए ।

कोरोना संक्रमित मध्ये मेचीनगर–५ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना र मेचीनगर–६ का १ जना हुन् ।

स्रोत : लोकतन्त्र  पोस्ट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *