Sajhamanch Archive

अभिभावकलाई बन्दका बेलाको पनि शुल्क तिर्न विद्यालयको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by .

काठमाडौं । विद्यालय सञ्चालकहरूले लकडाउनको समयमा पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन्। आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले नीजि विद्यालयहरु सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेकाले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको बताए। ‘अबदेखि हामीले नीजि विद्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्यौँ,’उनले भने,‘हामी आर्थिक अवस्थाको चरम अभावमा पुगेका छौँ। शिक्षकलाई तलब खुवाउन सकेका छैनौँ। घरभाडा र सरकारको कर पनि तिर्न सकेका छैनौँ। त्यसैले अभिभावकले सकेको जति सहयोग गर्नको लागि हामीले अपिल गरेका हौँ।’

उनले कति महिनासम्मको तिर्नेभन्दा पनि अभिभावकले सकेको जति मात्र शुल्क तिर्न अनुरोध गरेको बताए। उनले भने,‘हामी यति महिना सम्मको तत्काल शुल्क तिर्नु भनेर अभिभावकलाई भनेका छैनौँ। जति सक्छन् स्कुलसँग समन्वय गरेर शुल्क बुझाउँदा हुन्छ। सरकारले निर्णय गरेको एक महिनाको भने हामी लिँदैनौ।’ सरकारले लकडाउनको समयमा शुल्क नउठाउनु भनेर विद्यालय सञ्चालकलाई केही जानकारी नगराएको दाबी गरे। अहिले बाहिर अनलाईन कक्षाको पनि शुल्क उठाउने हल्ला भएपनि यसको शुल्क भने कुनै विद्यालयले नउठाउने बताए।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *