Sajhamanch Archive

नेपालगञ्ज र झापाबाट बिना पास बढी भाडा लिएर जाने सवारीसाधन नागढुङ्गाबाट नियन्त्रणमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ । लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीमा पनि विना पास बढी भाडा लिई उपत्यका प्रवेश गर्न खोज्ने नेपालगञ्ज र झापाबाट काठमाडौँ आएका ४ वटा सार्बजनिक भाडाका बसका साथै चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ्ग टोलीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नेपालगञ्जबाट आएको बा४ख ७३६३,ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाईस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसका साथै चालक क्रमश: विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्ती रहेका छन् ।

मौकाको फाईदा उठाई सार्वजनिक बसहरूमा विना पास बढी भाडालिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सुचनाको आधारमा चेकजाँच गर्दा उक्त बस पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *