Sajhamanch Archive

कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुना संकलन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका नागरिकको आज पिसिआर परिक्षणका लागी नमुना संकलन (स्वाव) गरिएको छ ।

भारत लगायत बंगलादेश, मालदिप्स, कुवेत र मलेशियाबाट आएर क्वारेन्टाईनमा बसेका २८ जना र क्वारेन्टाईन सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मी लगायत जम्मा ३४ जनाको स्वाव संकलन गरिएको र परिक्षणका लागी विराटनगर पठाईएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए ।

पछिल्लो समय भारत लगायत तेश्रो मुलुकबाट आउने व्यक्तिको ट्राभल हिस्ट्री र उनिहरुसँगको कन्ट्रयाक ट्रेसिङ्गमा रहेका व्याक्तिलाई मुख्य फोकस गरेर परिक्षण भैरहेको स्वस्थ्य शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *