कुकुर पाल्ने रहर छ ? वडा कार्यालयमा दर्ता नगरे कारवाही होला
Published:
by .काठमाडौं । राजधानी काठमाडौँ बसेर घरमा कुकुर पाल्ने रहर बनाउनुभएको छ ?
कुकुरलाई हातमा डोहो¥याउँदै बिहानै दुईचार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ?
यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।
घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ ।
त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको छ ।
महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न पाइने छैन ।
महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्नेछ ।
Comments