Sajhamanch Archive

भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड, कोरोनाको जोखिम बढ्यो

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । भद्रपुर स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीको अस्वभाविक भीड लाग्न थालेको छ । भीड बढेपछि कोरोनाको जोखिम बढ्ने देखिएको छ ।

सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स सेवाग्राहीको चापले मालपोत कार्यालयमा भीड लागेको हो ।

चैत्र ११ गतेबाट सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा सदरमुकाममा सरकारी कार्यालयले सेवा दिन थालेपछि चहलपहलसँगै सडकमा पनि सवारी चाप अस्वभाविक रूपमा बढेको छ ।

सरकारले कोभिड–१९ जोखिमबाट नागरिक बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि सम्पूर्ण कार्यालयका सेवा अबरुद्ध थिए । बन्द रहेका अधिकाम्स कार्यालयहरू खुलाउने सरकारी निर्णयसँगै सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरू सञ्चालनमा आएका छुन् ।

सरकारी कार्यालय सञ्चालनमा आएपछि कोरोना संक्रमण त्रास भने बढेको छ । काम लिने हतारोमा भीडभाड गर्ने सर्वसाधारणलाई नियन्त्रण गर्न सरकारी कार्यालयमा संभावना कम देखिएपछि कोभिड १९ संक्रमण त्रास बढेको हो ।

अधिकाम्स कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार मालपोत कार्यालय भद्रपुर सञ्चालन हुन नसकेको देखिएको छ । सेवाग्राही नियन्त्रण गर्ने दुरी कायम नगरिएको कारण जताभावी भीड देखिने गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *