Sajhamanch Archive

पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पाल्पा । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नं.११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ ।

डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *