Sajhamanch Archive

पत्रकार खनालको स्मृतिमा प्रतिष्ठान र पत्रकारिता पुरस्कार स्थापना

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । सडक दूर्घटनामा परेर निधन भएका झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ को घोषणा गरिएको छ ।

आज खनालको १३औं दिनको पुण्य तिथिमा स्थापित प्रतिष्ठानले पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदानलाई जीवन्त तुल्याउन सो क्षेत्रमा लागी पर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई गोपीकृष्ण पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय गरेको छ ।

प्रतिष्ठानको गठन, पुरस्कारको राशी, विधान निर्माण र कार्यक्रम पछि तय गरिने पारिवारिक स्रोतले जनाएको छ ।

स्व. खनालका जेठा छोरा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर (न्यूयोर्क) निवासी मनोज खनालले आफ्ना बुबाको नाममा पुरस्कारको स्थापना गरी उहाँको पत्रकारिता र सामाजिक सेवाको कार्यलाई निरन्तरता दिने योजना बनाएको जानकारी दिएका हुन् ।

स्व. खनालकी श्रीमती रुपादेवी खनालको संरक्षकत्वमा ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ र ‘गोपीकृष्ण पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।

खनालले २०२८ सालदेखि मोफसलमा प्रकाशित भएका नेपाली भाषा र साहित्यका विभिन्न पुस्तकहरु र पत्रपत्रिकाहरु संकलन गरेका छन् । ती पुस्तक र पत्रपत्रिकाको स–सानो लाईब्रेरी नै घरमा रहेको हुँदा प्रतिष्ठानले तिनको संरक्षण र सम्वद्र्धन गर्ने सोच बनाएको पनि पत्रकार तीर्थ सिग्देलले जानकारी दिएका छन् ।

साथै, खनालद्वाारा लिखित अप्रकाशित पुस्तकको पनि प्रकाशन गर्ने प्रतिष्ठानको सोच रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *