Sajhamanch Archive

तानसेन पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, चार सवारी साधन पुरिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

तानसेन । जिल्लाको तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। पहिरोमा चार वटा सवारी साधन पुरिएकाले प्रहरी, स्थानीयवासी नेपाली सेना उद्धारमा खटिएका छन्।

अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार  पुरिएको छ। सडक तलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  एक जना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिए पनि मिसन अस्पतालमा उपचारको  क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकहरुको पहिचान खुल्न सकेको छैन्। घटनाको थप विरण आउन बाँकी रहेको छ।

घटनास्थमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारमा खटिएका छन्। पछिल्लो जानकारी अनुसार लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, र लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएको पुष्टि भएको छ। सिमसिम पानी परेको र अध्यारो भएकोले उद्धारमा कठिनाई भएको पाल्पा प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा अन्य केही व्यक्तिहरु पनि पुरिएको आशंका गरिएको छ।

तानसेन बाट रिडि तम्घास तर्फ जाँदै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था पुन पहिरो झरी सवारी साधन बगाएको पाल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले बताए। अध्यारो भएको र पुन वर्षा शुरु भएकोले भिर बाट माटो बग्न थालेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी स्थानीयवासीहरु पनि आआफ्नो घर फर्किएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *