Sajhamanch Archive

कोभिड-१९ {अपडेट} डब्लुएचओले भन्यो: कोरोना महामारी गइसकेको छैन, संक्रमण अझै फैलिन्छ

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन। लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए। उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ(आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरेका छन्।

लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो। घरमै बस्‍नु पर्यो। साथी भाइलाई भेट्न पाइएन। काममा जान पाइएन। अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ, उनले भने, ुकाममा जान पाएका छौँ। नातेदार परिवारहरुलाई भेट्न जान पाइरहेका छौँ। तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन। महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौं, तसर्थ हामी अलिक होसियार हुनु जरुरी छ। उनले अब आफैं जोगिनुपर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। ुहामी आफैंले केही कदमहरू चाल्नु जरुरी छ। ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस्। हामीले चाल्न सक्ने कदमहरू भनेको एक अर्कासँग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने।

कपडाकै भए पनि हुन्छु, उनले भने, विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य मास्क लगाउने। साबुन पानीले बारम्बार हात हुने किनभने संक्रमित व्यक्तिलाई तपाईंले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईंको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरीरमा प्रवेश गर्छ।ु उनले खोक्दा अनिवार्य मुख छोप्न पनि आग्रह गरे। खोक्दा मुख छोप्ने, ज्वरो, खोकी वा कुनै पनि किसिमको बिसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने। यी कुराहरु तपाईंहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छु, उनले अगाडि भने, भाइरस नियन्त्रण गर्न लकडाउन एउटा उपाय थियो। अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पालना गर्नु नै हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *