Sajhamanch Archive

यस्ता छन् नेकपा स्थायी कमिटी बैठकका एजेण्डाहरु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय भएको छ ।

सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेश गर्नुपर्ने हो । तर, दुई अध्यक्षबीचमै सहमति हुन नसकेका कारण यसपटक राजनीतिक, सांगठानिक प्रतिवेदनसमेत तयार भएको छैन ।

नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको छ । बैठकको शुरुमै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ । बैठकमा सरकारको कामको समीक्षा हुनेछ ।

जसमा कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै सीमा समस्या समाधान सम्बन्धमा सरकारले गरेका काम लगायत सरकारका समग्र कामको समीक्षा हुने नेकपाले जनाएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी कामहरुको बारेमा पनि बैठकमा छलफल हुने र एमसीसीलाई पनि बैठकको एजेण्डामा राखिएको महासचिव बिष्णु पौडेलले बताए ।

नेकपाको यो बैठकमा सरकारको आलोचना र प्रधानमन्त्रीको राजीनामा माग्नेसम्मको तयारी प्रचण्ड र माधव नेपाल पक्षको छ । एमसीसीका सन्दर्भमा पनि प्रचण्ड नेपाल पक्ष परिमार्जनविना पारित गर्न नहुने पक्षमा उभिएका छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *