Sajhamanch Archive

सम्पादक काफ्लेलाई सुशासन पत्रकारिता पुरस्कार दिइने

Published: in राष्ट्रिय समाचार by .

झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले स्वर्गीय प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार यो वर्ष साझामञ्च डट कमका सम्पादक गोपाल काफ्लेलाई प्रदान गर्ने घोषणा गरेको छ ।

संगठनको मंगलबार बसेको कार्यसमितिको बैठकले सुशासन राष्ट्रसेवक पुरस्कार र सुशासन पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट गरेको हो ।

संगठनका अध्यक्ष केदार पोखरेलका अनुसार यसवर्ष उत्कृष्ट कर्मचारीका रुपमा जिल्ला समन्वय समितिमा कार्यरत अर्जुन पोखरेल र मेची अञ्चल अस्पतालका वरिष्ठ मेडिकल अधिकृत गोविन्द कँडेललाई पुरस्कृत गरिनेछ ।

पुरस्कार आउँदो भदौ १५ गते संगठनका कुशल संगठक स्व. प्रमोद तामाङको स्मृति दिवसका दिन प्रदान गरिने संगठनका सचिव तेजप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *