एपिएफलाई राष्ट्रिय महिला लिग उपाधि
Published:
by .काठमाडाैं । पराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि एपिएफले जितेको छ। मंगलबार सातोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा एपिएफले सावित्रा भण्डारीको ह्याट्रिकमा आर्मीलाई पराजित गर्दे उपाधि जित्न सफल भयो।
खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफको ४० औं मिनेटमा सावित्राले गोल गर्दे एपिएफलाई अग्रता दिलाए पनि आर्मीले ४९ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो।
आर्मीका लागि पुनम जर्गा मगरले गोल गरेपनि टिमको हार टार्न पर्याप्त भएन् । त्यसपछि लगातार सावित्राले गोल गर्दे ह्याट्रिक पुरा गरिन्। उनले खेलको ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकि थिइन्। उपाधि विजेता एपीएफले नगद २ लाख हात पार्यो भने उपविजेता आर्मीले १ लाखमा चित बुझायो।
रौतहट प्रतियोगितामा तेस्रो हुँदै ५० हजार जित्न सफल भयो। त्यस्तै प्रतियोगिताको मोस्ट भ्याुलएवल प्लेयरलाई २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १० हजार नगद दिएको थियो।
Comments