Sajhamanch Archive

थप ४३४ जनामा कोरोना, सङक्रमितको संख्या ११ हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार १ सय ६२ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा ३१२ जना संक्रमित निको भएर घर फर्किएको पनि गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार देशभर ७४ हजार २२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म कुल ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *