Sajhamanch Archive

हतारोमा भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरसको भ्याक्सिनका विषयमा विश्वभर विभिन्न अनुमान लगाइएको छ । मानिसहरुलाई आशा छ कि कोभिड–१९ भ्याक्सिनले मास्क र सामाजिक दूरीको आवश्यकतालाई समाप्त गर्नेछ र उनीहरु पहिले जसरी नै सामान्य जीवनमा फर्कनेछन् । संसारभरका वैज्ञानिक चाडोभन्दा चाडो भ्याक्सिन बनाउने दौडमा छन् । यद्यपी, स्वास्थविद्हरु यो हतारोलाई लिएर चिन्तित पनि छन् ।

हतार गर्नु ठिक छैन

विज्ञहरुको चेतावनी छ कि समयभन्दा पहिले भ्याक्सिन रिलिज गर्दा फाइदाभन्दा धेरै घटना हुनसक्छ । १९५५ मा पोलियोको साल्क भ्याक्सिन बनाउन हतारो गरिएको थियो, तर यसको राम्रो परिणाम आएन । भ्याक्सिन निर्माणमा भएको ठूलो गडबढीका कारण ७० बच्चा दिव्यांग भए, १० हजारको मृत्यु भयो ।

राजनीतिक दबाब ठिक होइन

एनवाईयु ल्यागोन मेडिकल सेन्टर एन्ड बेलब्यु हस्पिटलमक पिडियाट्रिक रेसिडेन्टर डाक्टर ब्रिट ट्रोजनका अनुसार कोरोना भाइरस भ्याक्सिनसँग हुने यस्तै घटनाले मानिसहरुमा भ्याक्सिनको विकासबारे शंका बढाउनसक्छ । यसले डाक्टरहरुप्रति भरोसा कम हुनसक्छ ।

ट्रोजनका अनुसार हरेक मानिसले भ्याक्सिनलाई सुनको टुक्रा जसरी चाहेका छन्, जसले हामीलाई यस संकटबाट निकाल्नेछ । तर, वैज्ञानिक रुपमा तयार हुनअघि भ्याक्सिन सार्वजनिक गर्नका लागि दिइने राजनीतिक र मानिसहरुको दबाबले गम्भीर परिणाम निम्त्याउनसक्छ ।

भ्याक्सिनको असरको चिन्ता

विज्ञहरु भ्याक्सिन प्रभावकारी हुने आशालाई लिएर पनि चिन्नित छन् । कुनै पनि भ्याक्सिनले बिरामीलाई १ सय प्रतिशत ठिक गर्दैन, जस्तो फ्लुको भ्याक्सिन लगाएपनि केही व्यक्ति बिरामी हुनसक्छन् । भ्याक्सिन विकासमा विश्वकै अग्रणी डाक्टर पाल ए ओफिटका अनुसार परीक्षण भइरहेका भ्याक्सिनमध्ये केहीले धेरै गम्भीर संक्रमणका मामिला रोक्नका लागि सहयोग गर्नसक्छन् । यहाँसम्म कि गम्भिर रोग रोक्नका लागि ५० प्रतिशत प्रभावकारी हुने भ्याक्सिनलाई पनि स्विकार्न सकिन्छ ।

थोरैमा परीक्षण पर्याप्त होइन

यो बुझ्न हुँदैन कि शंकास्पद मानिसमा यसले एन्टीबडी प्रतिक्रिया पैदा गर्छ वा सयौं भेन्टिलेटर्समा यसको कुनै दुष्प्रभाव देखिने छैन । जबसम्म भ्याक्सिनलाई लाखौं मानिसमा परीक्षण गरिदैंन, तबसम्म डाक्टरले यो भन्न सक्दैंनन् कि यो सुरक्षित र प्रभावकारी छ या छैन । सामान्य अवस्थामा यो प्रक्रिया पूरा हुन वर्र्षौ लाग्नसक्छ ।

यद्यपी, यो अवस्था सामान्य होइन, त्यसैले कोरोना भाइरसको भ्याक्सिन परीक्षण महिनामा आइपुग्यो । यस्तोमा गल्ती हुने जोखिम धेरै बढेको छ । यद्यपी, नेशनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सका अनुसार मानिसहरुलाई प्रभावकारी भ्याक्सिन दिने हतारोमा हामी सुरक्षासँग सम्झौता गर्न सक्दैनौं ।

यसरी भ्याक्सिन तयार हुन्छ

सम्भावित भ्याक्सिनलाई ल्याबमा त्यस्ता जनावरहरुमा परीक्षण गरिन्छ, जो सामन्यत कोभीड–१९ ग्रस्त हुन्छन् । उनीहरुलाई बिरामी हुनबाट रोक्न सकिन्छ कि भनेर हेर्नका लागि यस्तो गरिन्छ । यसलाई ‘पु्रफ अफ कन्सेप्ट’ भनिन्छ, यसबाट भ्याक्सिनले काम गर्न सक्छ या सक्दैंन भनेर पत्ता लाग्छ ।

यसपछि फेज १ र २ को परीक्षणमा सायद १ सयदेखि १००० मानिसमा परीक्षण गरिन्छ । सोधकर्ताले भ्याक्सिन सुरक्षित छ या छैन भनेर खोजी गर्छन् । यसपछि सबैभन्दा राम्रो नतिजाका लागि अर्को भ्याक्सिन डोजको परीक्षण गर्छन् ।

त्यसपछि ठूलो परीक्षण अर्थात् फेज ३ आउँछ । यस प्लेसबो कन्ट्रोल्ड ट्रायल्समा लाखौं मानिसमा भ्याक्सिनको सुरक्षा र प्रभाव परीक्षण गरिन्छ । यसक्रममा यो परीक्षण पहिलेदेखि नै संक्रमणको हटस्पट बनेको वा सम्भावित हटस्पट इलाकामा गरिन्छ । यो परीक्षण यस विषयमा भरपर्छ कि यस गर्मिमा जहाँ परीक्षण गर्नुपर्ने छ, त्यहाँ भाइरस कसरी फैलिएको छ । यो भ्याक्सिनले रोगलाई कसरी राम्रो तरिकाले रोकेको छ , यो विषय पत्ता लगाउन पनि महिनौं वा वर्ष पनि लाग्न सक्छ ।

डाक्टर ओफिटका अनुसार परीक्षणमा देखिएको इम्युन रेस्पोन्स वास्तविक दुनियाँमा सुरक्षित छ या छैन भनेर जान्ने यो एकमात्रै तरिका हो । यदी गर्मीमा सानै रोग आयो भनेपनि दुख हुनसक्छ । हामीले त्यतिबेलासम्म मानिसहरुलाई भर्ति गरिरहनुपर्छ, जबसम्म प्लेस्बो ग्रुपमा भ्याक्सिन लगाएका मानिसको तुलनामा उनीहरु पर्याप्त बिरामी हुँदैनन् ।

यसरी स्वीकृत हुन्छ

डाक्टर ओफिटको आशा छ कि भ्याक्सिनलाई ठूलो रुपमा प्रयोग गर्नका लागि यो ७० प्रतिशत प्रभावकारी हुन जरुरी छ । हामीले आउन केही महिनासम्म यो थाहा पाउँदैंनौकी इम्युनिटी कति लामो चल्नेछ ।

भ्याक्सिनलाई त्यतिबेला नै स्विकार गरिनेछ, जब यो यो भ्याक्सिनले धेरै होइन, बरु केही गम्भिर बिरामीहरु र ती संक्रमितलाई रोग लाग्नबाट रोक्नेछ, जसमा लक्षण देखिएको छैन । अमेरिकी सरकारको ‘अपरेशन वारर्प स्पिड’ अन्तर्गत उद्योगहरुले प्रभावकारी भ्याक्सिनको करोडौं डोज बनाउने तयारी गरिरहेका छन्, ताकि यदी एक वा दुईवटा भ्याक्सिनले स्विकृती पायो भने त्यसलाई बजारमा पठाउन ढिलाई नहोस् ।

यही तरिका १९५० को दशकमा साल्क भ्याक्सिन बनाउन अपनाइएको थियो । अब, कोभीड भ्याक्सिनका विकासकर्ताहरु हतारोका कारण भएका गल्तीबाट बच्ने कोसिस गर्दैछन् ।

स्रोत :  दैनिक भास्कर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *