Sajhamanch Archive

लिभरपुल इंग्लीश प्रिमियर लिगको च्याम्पियन

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो ।

च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन ।

लिभरपुलले १९ औं पटक इङ्गलिस प्रिमियर लिगको उपाधि जितिसकेको छ । तर १९८९–९० पछि ऊ पहिलो पटक च्याम्पियन बनेको हो । यो उपलब्धी हासिल गर्न उसलाई ३० वर्ष कुर्नु पर्यो ।

लिभरपुलले लिगमा ८६ अंक बटुलिसकेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ऊ २३ अंकले अगाडि छ । इङ्गलिस प्रिमियर लिगमा दुई टिमबीच यति धेरै अन्तर यसअघि देखिएको थिएन।

लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । यति चाँडै उपाधि जित्ने यो आफैंमा रेकर्ड हो । लिभरपुलका फ्यानहरु ठाउँठाउँमा भेला भएर खुसियाली मनाइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *