Sajhamanch Archive

अमेरिकामा दुई करोड मानिसमा कोरोना संक्रमण !

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कम्तिमा पनि २ करोड रहेको स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन्।

सेन्टर्स फर डिजिजेज कन्ट्रोल (सीडीसी) ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएको संक्रमणभन्दा १० गुणा बढी भएको हुनसक्ने जनाएको छ। संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या बढेपछि टेक्सास राज्यले पुर्ण रुपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेसँगै यस्तो अनुमान गरिएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकामा हालसम्म २५ लाख ४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने त्यहाँ कोरोनाका कारण १ लाख २६ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ। केहि दिनयता अमेरिकाका दक्षिणी र पश्चिमी राज्यहरुले संक्रमितको संख्या अत्यधिक रहेको विवरणहरु सार्र्वजनिक गरिरहेका छन्। आगामी अक्टोबर महिनासम्ममा मात्रै देशभर १ लाख ८० हजार मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुने वाशिङ्गटन विश्वविद्यालयले अनुमान गरेको छ। तर यदि सावधानी अपनाई ९५ प्रतिशतले मात्रै पनि मास्क लगाए मृत्युदर घटेर १ लाख ४६ हजारसम्म झर्ने उसको अनुमान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *