Sajhamanch Archive

१० वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला थप्दै सरकार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । सरकारले थप १० वटा नयाँ प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले अहिले देशभर रहेको २३ वटा प्रयोगशाला अतिरिक्त १० वटा प्रयोगशालाबाट परीक्षण हुने जनाएको छ।

थपिएका प्रयोगशालाहरूमा मेची अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल छन्।

गत बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहित सरोकारवालाहरूको बैठकले नयाँ प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो।

अहिले देशभर रहेका २१ वटा प्रयोगशालाबाट दैनिक ५ हजार जनाको कोरोना परीक्षण हुँदै आएको छ।

मन्त्रालयले यसै पनि असार १५ देखि दैनिक १० हजार जनाको परीक्षण गर्ने जनाएको छ।

त्यसका लागि निजी प्रयोगशालाहरूसँग पनि सहकार्य गर्ने भनिए पनि निजीलाई कहिलेदेखि प्रयोग गर्ने भन्ने टुंगो भएको छैन।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *