प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
Published:
by .विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् ।
मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला र एक जना पुरुष, झापाको दमक नगरपालिकामा एक जना महिला र दुई जना पुरुष र मेचीनगरमा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सुनसरीको कोसी गाउँपालिकामा ३ महिलासहित ८ जना र देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।
कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणको क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । शुक्रबार १६ जना थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ । ती मध्ये ३७६ जना उपचारपछि घर फर्किसकेका छन् ।
स्रोत : अनलाइनखबर
Comments