नेकपा बैठकमा अध्यक्षको सोफा हटाएर कुर्सी राखियो
Published:
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले विरोध जनाएपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि सोफा र अरू स्थायी कमिटी सदस्यका लागि कुर्सी राखिएको थियो ।
बैठक सुरु भएकै दिन बुधबार नेता माधवकुमार नेपालले अध्यक्ष र अरू सदस्यका लागि फरक फरक सिट राखिएकामा विरोध जनाएका थिए । नेताहरू नारायणकाजी श्रेष्ठ र भीम रावलले पनि अध्यक्षद्वयका लागि अरू सदस्यको भन्दा फरक सिट राखेकामा विरोध जनाएका थिए ।
शुक्रबारको बैठकमा पनि नेता भीम रावलले कसैलाई सोफा र कसैलाई कुर्सीमा बस्ने व्यवस्था गर्दा कम्युनिस्ट पार्टीभित्रै असमानता भएको बताएका थिए । लगत्तै अध्यक्षका लागि राखिएको सोफा हटाएर कुर्सी राखिएको एक नेताले जानकारी दिए ।
त्यसपछि नेताहरूले बैठकमा बल्ल समानता कायम भयो भनेर ताली बजाएका थिए ।
स्रोत : अनलाइनखबर
Comments