Sajhamanch Archive

नेकपा बैठकको तेस्रो दिन : प्रधानमन्त्री आए, एकैछिनमा बाहिरिए

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो । शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए ।

तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो ।

अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *