Sajhamanch Archive

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौ । विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो ।

त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ। अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ।

ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन्। रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ। रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन्। भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन्। त्यस्तै विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *