Sajhamanch Archive

जननेता भण्डारीको जन्मजयन्तीमा फाण्डेसनद्वारा बिर्तामोडमा रक्तदान

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by .

झापा । तत्कालीन नेकपा एमालेका महासचिव, जननेता मदनकुमार भण्डारीको आज ६९औँ जन्मजयन्तीको दिन मदन भण्डारी फाउण्डेसन झापाले रक्तदान कार्यक्रम गरेको छ ।

वि. सं. २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदनको जन्म भएको थियोे । एमालेको महासचिव रहेकैबेला पार्टी कामको शिलशिलामा चितवन जाँदै गर्दा २०५० साल जेठ ३ गते उनको रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।

फउण्डेसनले आज देशभर कार्यक्रा राखेको छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन मुख्य कार्यालयले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यस अवसरमा नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन । नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजाललले पार्टी केन्द्रले औपचारिक कुनै कार्यक्रम नराखे पनि जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरेर मदनलाई स्मरण गर्ने बताए ।

फाउण्डेसन झापाले विगत ७ वर्षदेखि रक्तदान कार्यक्रम गरेर भण्डारीको जन्मदिनलाई विशेष बनाउँदै आएको छ । रक्तदान कार्यक्रममा सहभागी भएर प्रदेशसभाका सदस्य बसन्त बानियाँले ४३औं पटक, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीले २९औं पटकलगायत पाँच दर्जनले नेता कार्यकर्ताले रक्तदान गरेका छन् । रक्तदान पछि दाताहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको छ ।

काठमाडौं लगायत देशका अन्य जिल्लामा जस्तै झापामा आज संक्षिप्त कार्यक्रम गरी भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद कार्यक्रमसहित पार्टीको उनको योगदानको चर्चा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *