Sajhamanch Archive

क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आएपछि अन्त्येष्टि गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका वडा नं.२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

उनी असार १२ गते मात्रै भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । उनले पहिलेदेखि नै मुटु र प्रेसरको औषधि नियमित सेवन गर्दै आइरहेको पाइएको ज्ञवालीले बताए ।

कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी प्रयोगशालामा पठाइ सकिएको ज्ञवालीले बताए । रिपोर्ट आएपछि मात्रै उनको अन्त्येष्टि गरिने उनले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *