Sajhamanch Archive

रियल ला लिगाको शीर्ष स्थानमा, दुई अंकको अग्रता

Published: in खेलकुद by .

एजेन्सी । एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ ।

रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

ब्राजिललियन खेलाडी यसअघि पनि गोलको नजिक पुगेका थिए । आफ्नै हाफबाट गरेको प्रहारलाई गोलकिपर डिएगो लोपेजले बचाऊ गरेका थिए । एस्पानियोलले पनि गोलका लागि थुप्रै अवसर पाएको थियो ।

साबिक विजेता बार्सिलोना शनिबार भएको खेलमा बराबरीमा रोकिएपछि अब रियल उपाधीबाट ६ जीत अथवा ५ जीत र एक बराबरी टाढा रहेको छ । उपाधि हात पारे सन् २०१२ पछि रियलको यो पहिलो लिग उपाधि हुनेछ ।

३२ खेलपछि रियलको ७१ अंक रहेको छ भने बर्सा ६९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *