Sajhamanch Archive

सत्यलक्ष्मीले धान दिवसमा गर्यो सामूहिक धान रोपाँइ

Published: (Updated: ) in समाज, सहकारी, by .

भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर भद्रपुर नगरपालिका १० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले सामूहिक धान रोपाँइ सम्पन्न गरेको छ ।

“धान उत्पादनमा लागौं खाद्यन्नमा आत्मनिर्भर बनौं” नाराका साथ भद्रपुर नगरपालिका वडा नं. १० विपि टोल स्थित राधाकृण अधिकारीको खेतमा सामूहिक धान रोपाँइ गरिएको हो ।

संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा धान रोपाँइ सम्पन्न भएको हो ।

सामूहिक धान रोपाँइ कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं.१० का अध्यक्ष टेकबहादुर खड्का काजी, साना किसान सहकारीकी अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्दै जमीन बाँझो छोड्ने परम्परा सधै्का लागि अन्तय हुनु पर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका उपाध्यक्ष दीपबहादुर राउतले पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *