Sajhamanch Archive

कमल गाउँपालिकाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

Published: in विविधा, समाज by .

बिर्तामोड । झापाको गौरादह नगरपालिका–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारीलाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

विशेष सुराकका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । कमल गाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीले उनको साथबाट २ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी कानुनी कारबाही अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *