Sajhamanch Archive

धान दिवसमा भद्रपुर बन्यो सामुहिक धान रोपाइँमय

Published: in समाज, सहकारी, स्थानीय तह by .

भद्रपुर । राष्ट्रिय धान दिवस २०७७ को पालना गर्दै भद्रपुर नगरपालिका वडा नं ३ मा पञ्चेबाजासहित सामुहिक धान रोपाइँ गरिएको छ । किच्चकबध धार्मिक, ऐतिहासिक क्षेत्र विकास समितिका अध्यक्ष तथा सामाजिक ब्यक्तित्व दिलबहादुर थेवेको आयोजनामा आज पञ्चेबाजासहित सामुहिक धान रोपाइ गरिएको हो ।

प्रदेशसभाका सदस्य बसन्त बानियाँको आतिथ्यतामा सम्पन्न रोपाइँ दिवसमा किसान दाजुभाइ दिदिबहिनीहरुलाई छाता तथा घुम प्रदान गरिएको छ । रोपाईँ दिवसलाई सम्बोधन गर्दै प्रदेशसभाका सदस्य बानियाँले अबको यात्रा कृषि पेसालाई अनिवार्य र सम्मानित बनाउँदै खाद्यान्नमा राष्ट्रलाई आत्मनिर्भर बनाउनु आवश्यकता रहेको बताए।

सोही अवसरमा भद्रपुर–१० स्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले पनि सामूहिक धान रोपाइँ गरेको छ । ‘धान उत्पादनमा लागौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ भद्रपुर–१० विपि टोलस्थित राधाकृण अधिकारीको खेतमा सामुहिक धान रोपाइँ गरिएको हो ।

सहकारीका उपाध्यक्ष दीपबहादुर राउतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रम अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता एवम् बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

सामुहिक धान रोपाइँ कार्यक्रममा भद्रपुर–१० का अध्यक्ष टेकबहादुर खड्का काजी, साना किसान सहकारीका अध्यक्ष देवीमाया अधिकारी, हनुमान टोल विकासका अध्यक्ष खड्गबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्दै जमिन बाँझो छोड्ने परम्परा सधैँका लागि अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *