Sajhamanch Archive

नागरिकले ‘लापरबाही’ गरेको भन्दै खुकुलो लकडाउन कडा पार्ने सरकारी तयारी

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ ।

सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू गर्न भनेको महेन्द्र गुरागाईंले जानकारी दिए ।

बैठकले स्वास्थ्य सामग्री उपहार दिन जान उपहार दिने नाममा आफूखुसी क्वारेन्टिनस्थलहरुमा जान नदिने निर्णय गरेको छ । सकेसम्म स्वास्थ्य मन्त्रालयमै यस्ता सामग्री दिनुपर्ने र क्वारेन्टिन स्थलमा जानुपर्ने भए स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने बताएको छ ।

साथै हवाई तथा स्थलमार्गमार्फत काठमाडौं आउनेहरुलाई वडा र प्रहरीको सिफारिसमा १४ दिन होम क्वारेन्टिनमा बस्ने मापदण्ड बनाउन स्वास्थ्यलाई भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *