Sajhamanch Archive

कुञ्जिबारीमा एनएमसीको सेवा केन्द्र सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by .

गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाले आफ्नो ४०औं सेवा केन्द्र आजदेखि गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारी बजारमा सञ्चालनमा ल्याएको छ ।

आज असार १५ गते बिहान संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले दिप प्रज्वलन गरेर तथा गुरु पुरोहितले मन्त्रोच्चारण गरी वैदिक विधिअनुसार सेवा केन्द्र उद्घाटन गरिएको हो । संस्थाका स्थानीय बासिन्दा सदस्यहरु र वडाध्यक्ष कार्तिकलाल राजवंशीको विशेष आतिथ्यमा सेवा केन्द्र सञ्चालन गरिएको हो ।

कोरोना संक्रमणको सन्त्रासका कारण एकै ठाउँमा धेरैजना भेला हुनु ठिक नहुने भएकाले सामान्य ढंगबाट सेवा केन्द्र उद्घाटन गरिएको बैंकिङ व्यवसाय समितिका संयोजक तथा संस्थाका सञ्चालक ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिएका छन् ।

एनएमसीले सञ्चालन गरेका पाँचवटा व्यवसायमध्ये बैंकिङ व्यवसायलाई सदस्य केन्द्रित बनाउन जिल्लाभर आफ्नो सेवा केन्द्र विस्तार गरिरहेको सञ्चालक शिवाकोटीले बताएका छन् ।

सहकारी सिद्धान्त, नीति र विधिमा सदस्य केन्द्रित संस्थाको रुपमा परिचित एनएमसीले आगामी आर्थिक वर्षबाट एटीएम मेसिनबाट समेत सेवा प्रवाह गर्ने तयारी गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *