Sajhamanch Archive

बङ्गलादेशमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ ।

सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन् । दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताएका छन् ।

स्रोत : एएफपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *