Sajhamanch Archive

महामारीकाे सबैभन्दा खराब चरण आउन बाँकी नै छ: डब्ल्युएचओ

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का महासचिव डा। ट्रेडोस अधोनम घेब्रेससले कोभिड–१९(कोरोना) महामारीको सबैभन्दा खराब अवस्था आउन बाँकी नै रहेको बताएका छन्।

गत वर्षको डिसेम्बरदेखि फैलिइरहेको कोरोना भाइरस विश्वभरका एक करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ भने पाँच लाख चार हजार ३४५ संक्रमितको ज्यान गएको छ। यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ। विश्वभरको अर्थव्यवस्था र सामाजिक जनजीवनमा निकै असर परेको छ। यति धेरै मानवीय र आर्थिकरसामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको डा। टेड्रोसले बताएका हुन्। उनले भनेका छन्, यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं। केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ। राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ।

यदि विश्वभरका सरकारले महामारी नियन्त्रणका लागि सही नीतिहरु पालना गरेनन् भने यसले अरु धेरै मानिसलाई संक्रमित बनाउन सक्ने उनले बताएका छन्। महामारी नियन्त्रणका लागि जर्मनी, दक्षिण कोरिया र जापानले झैं काम गर्न टेड्रोसले आग्रह गरेका छन्। बेलायतले लकडाउनका बेला पालना गर्नुपर्ने नियमलाई झन् कडा बनाएको छ। लेस्टर शहरमा कोरोना भाइरस संक्रमित थपिँदै गएपछि लकडाउनमा कडाई गरेको हो। संयुक्त अरब इमिरेट्स ९युएई० ले जुलाई १ तारिखदेखि धार्मिकस्थल खुला गर्ने भएको छ। त्यहाँको सरकारले सबै मस्जिद र अन्य धार्मिकस्थल खोल्ने घोषणा गरेको हो। हालसम्म युएईमा ४८ हजार २४६ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ३१४ जनाको ज्यान गएको छ। महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म २५ लाख ८६ हजार ८४४ संक्रमित फेला परेका छन्।

यी मध्ये एक लाख २६ हजार १२७ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकापछि सबैभन्दा नराम्ररी प्रभावित ब्राजिलमा १३ लाख ६८ हजार १९५ जना संक्रमित भेटिएका छन्। त्यहाँ ५८ हजार ३१४ जना संक्रमितको ज्यान गएको छ। नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म पाँच लाख ४८ हजार ३१८ जना संक्रमित फेला परेका छन् भने १६ हजार ४७५ जनाको ज्यान गइसकेको छ। भारत यतिखेर कोरोना महामारीबाट अति(प्रभावित मुलुकको सूचीको चौथो स्थानमा छ। नेपालमा हालसम्म १३ हजार २४८ जना संक्रमित पहिचान गरिएको छ भने २९ जना संक्रमितको मृत्यु भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *