Sajhamanch Archive

क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ ।

यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ ।

टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।

अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् ।

यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिस्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *